पोखरी कटेज : सुदूरपश्चिमको नयाँ पर्यटन गन्तव्य, रोजगारी र मनोरञ्जनको केन्द्र

हेमा भट्ट, कार्तिक ९, कञ्चनपुर —
बेदकोट नगरपालिका–७ सुडामा अवस्थित पोखरी कटेज पछिल्लो समयमा सुदूरपश्चिमका मानिसहरूको नयाँ आकर्षण स्थल बनेको छ। प्राकृतिक सौन्दर्य, स्वादिलो अर्गानिक परिकार र आधुनिक मनोरञ्जन सुविधाको संगम बनेको यो स्थल अहिले पर्यटकहरूको मन जित्न सफल भइरहेको छ।

करीब ३ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरी कटेजमा रेस्टुरेन्ट, स्वीमिङ पूल, पार्टी प्यालेस, फिस म्युजियम र फिस थेरापी (डक्टर फिस) जस्ता आकर्षक सुविधा उपलब्ध छन्।

सञ्चालक कृष्ण रानाका अनुसार, हाल पोखरी कटेजमा ४८ जना (२० महिला र २८ पुरुष) स्थानीयवासीलाई रोजगारी प्रदान गरिएको छ।
“हामीले पोखरी कटेजलाई सुदूरपश्चिमकै नमूना पर्यटन केन्द्र बनाउन अर्गानिक खाना, स्थानीय उत्पादन र आधुनिक सेवा समेटेका छौं,” — रानाले रैकवार खबर दैनिकसँग भने।

उनका अनुसार भारतका साथै बुटवल, डोटी, बैतडी, बाजुरा र कैलालीका आगन्तुकहरू पनि दैनिक रूपमा भ्रमणका लागि आइरहेका छन्। ताजा माछा, रमणीय पोखरी दृश्य र फिस थेरापीका कारण यो स्थान परिवार, जोडी र युवाहरूबीच विशेष रूपमा लोकप्रिय बन्दै गएको छ।

आगामी मंसिरदेखि सञ्चालनमा आउने पार्टी प्यालेसमा करिब ४ सय जनासम्म अटाउने क्षमता रहेको छ।
प्रवेशका लागि रु. ५० को कुपन लिनुपर्ने र सो रकम खाजा वा नास्ता गर्दा बिलबाट घटाइने व्यवस्था गरिएको छ।

रानाका अनुसार, पोखरी कटेजलाई वातावरणमैत्री र आत्मनिर्भर पर्यटन केन्द्रका रूपमा विकसित गर्ने योजना रहेको छ। नजिकै भविष्यमा आवास, सम्मेलन हल र परिवारमैत्री मनोरञ्जन क्षेत्र थप गर्ने तयारी भइरहेको छ।

स्थानीयवासीहरूको भनाइमा, पोखरी कटेजले गाउँमै रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यहाँ चिया, कफी, नुडल्स, फ्राइ राइस, तन्दुरी सेकुवा, मम, रोटी, नान, पिजा, बर्गर, र पोखरी स्पेसल सुप लगायतका स्वादिला परिकार पाइन्छन्।

स्थान: बेदकोट नगरपालिका–७, सुडा, कञ्चनपुर
सेवा समय: बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म
सम्पर्क: पोखरी कटेज व्यवस्थापन, सुडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply