त्रिभुवन युवा क्लबको पाँचौं साधारण सभा सम्पन्न अध्यक्ष मा पुन तामाङ चयन

धनबहादुर बिक –
पुनर्वास ८ कार्तिक –
पुनर्वास नगरपालिका ६ स्थित त्रिभुवन युवा क्लबको पाँचौं साधारण सभा सम्पन्न भएको छ भने अध्यक्ष मा पुन जितबहादुर तामाङ चयन भएका छन ।

तामाङ तेस्रोपटक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन ।

शुक्रबार क्लबको आफ्नै नवनिर्मित सभाहलमा सम्पन्न पाँचौं बार्षिक साधारणसभा बाट तामाङ सहित ११ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा सन्त बहादुर भट्ट , सचिव मा उपेन्द्र बस्नेत ,सहसचिवमा बिमल भण्डारी , कोषाध्यक्षमा मीनबहादुर तामाङ तथा सदस्य हरूमा लालबहादुर पौडेल क्षेत्री , मनमाया थापा मगर , देव बहादुर तामाङ , प्रमिला गुरूङ , माया भुजेल र सन्तोष घिमिरे सर्वसम्मत चयन भएका छन ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं पुर्व खेलाडी समशेर बहादुर गुरुङ लाई खेलकुद क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप पाचौं साधारणसभाबाट कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथि हरु श्री जिबनज्योति मावि का प्र अ भरत कुमार बस्नेत , समाजसेवी राजेन्द्र बराल , सोमराज बराल , गौरव शर्मा , कृष्ण सिङठकुरि
गणेश भुजेल , शमशेर बहादुर गुरुङ रहेका थिए ।
कार्यक्रम को सञ्चालन पुर्व सचिव भरत बोहराले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply