कारागारबाट भागेका २ सय ६२ कैदीबन्दी अझै फर्केनन

कार्तिक १०
कैलाली कारागारबाट भागेका २ सय ६२ जना कैदीबन्दी अझै कारागार फर्किएका छैनन् ।

जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीहरु नफर्किएका हुन् ।

कैलाली कारागारबाट भागेका ६ सय ६५ कैदीबन्दी मध्ये हालसम्म ४ सय जनामात्रै कारागार फर्किएको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए ।

उनका अनुसार फर्किएका मध्ये ३५ महिला र ३ सय ६५ पुरुष रहेका छन् । ३ जना अन्यत्र कारागार गएको उनले बताए । फरार रहेका मध्ये १९ जना भने भारतीय नागरिक रहेको उनले बताए । कैलाली कारागारमा २१ भारतीय रहेकामा २ जना मात्रै कारागार फर्किएको कारागार प्रशासनले जनाएको छ ।

फर्किएकामध्ये धेरैजसो आफै सम्पर्कमा आएका र केहीलाई प्रहरीले पक्राउ गरि बुझाएको कारागार प्रशासनले जनाएको छ । फरार रहेकाको प्रहरी खोजी तीब्र पारेको कारागार प्रमुख सापकोटाले बताए ।

कैलाली कारागारमा ६ सय ६७ जना कैदीबन्दी रहेका थिए । जसमध्ये ५८ जना महिला थिए । जेनजी आन्दोलनका क्रममा ६ सय ६५ जना कैदीबन्दी भागेको जनाइएको छ ।

एकजना नभागेको र एक जना उपचाररत रहेकाले भाग्न नपाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply