एनपीएलमा ‘म्याच फिक्सिङ’ प्रयास : प्रहरीद्वारा भारतीय युवक र नेपाली युवती पक्राउ

मंसिर ३

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल प्रभावित पार्ने उद्देश्यले सट्टाबाजी तथा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भइरहेको अनुसन्धानपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको हरियाणा, पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारतको चण्डीगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन्। विशेष निगरानीपछि प्रहरीले उनीहरूलाई मंसिर २ गते काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार, उनीहरूले ह्वाट्सएप र इन्स्टाग्राममार्फत एनपीएलका खेलाडीहरूसँग सम्पर्क गर्दै प्रायोजनका नाममा नजिकिन्थे। प्रारम्भिक अनुसन्धानले खेलको परिणाममा प्रभाव पार्ने उद्देश्यले आर्थिक प्रलोभन देखाउँदै ‘म्याच फिक्सिङ’ प्रयास गरिएको पुष्टि गरेको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply