धनबहादुर बिक –
पुनर्वास ६ मंसिर
पुनर्वासको एक स्थानीय आधारभूत तहको बिद्यालय हाताभित्र महिला अभिभावक हरू सामुहिक च्याउ खेतिमा सक्रिय भएका छन ।
पुनर्वास नगरपालिका ५ स्थित स्थानीय मदनआश्रीत आधारभूत बिद्यालय मा च्याउ खेति गर्न लागिएको हो ।
सो बिद्यालय मा अध्यनरत आधारभूत तहका बालबालिका का अभिभावक महिला हरूले बिद्यालय मै सामुहिक च्याउ खेति गर्न लागेका हुन ।


च्याउ खेतिका लागि बिद्यालय ले कच्चापदार्थ तयारी देखि च्याउ उत्पादन का लागि एक कोठा समेत उपलब्ध गराएको छ ।
च्याउ खेति का लागि गैरसरकारी संस्था विल्डन नेपाल ले तालिम संगै बीउ तथा आवस्यक सामग्री उपलब्ध गराएपछि महिला अभिभावक लाई च्याउ खेति गर्न सहज हुन गएको बिद्यालय का सहायक प्रधाअध्यापक शिक्षक भक्बहादुर रोकाय ले बताए
बिद्यालय मा पठनपाठन गर्ने बालबालिका का अभिभावक लाई समूह बनाई उनिहरूलाई नै च्याउ खेतिका लागि अग्रसर गराईएको हो सहायक प्र अ रोकायाले बताए ।


उत्पादन गरिएको च्याउ बिक्री आमदानी समुहको जगेडा कोषमा रहने र समूह सदस्य लाई कुनै समस्या आईपरेमा सहयोग उपलबगराईनु का साथै सोही बिद्यालय मा पठनपाठन गर्ने गरिब विपन्न परिवार का बालबालिकालाई शैक्षिक सहयोग मा सहयोग गरिने समेत लक्ष्य रहेको प्रधानअध्यापक दलबहादुर रोकाय ले बताए ।


च्याउ खेती कसरी गर्ने भन्ने बिषयमा समूह कि अध्यक्ष मिना रानाले तालिम लियर आएपछि समुहका ३० जना महिला अभिभावक हरू च्याउ खेति मा अग्रसर भएको प्र अ रोकाया बताउछन ।


