सुदूरपश्चिममा लगानीको सुनौलो अवसर: मुख्यमन्त्री–उद्योग महासङ्घ भेट

कैलाली, मंसिर २२ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज औपचारिक भेटवार्ता सम्पन्न भयो।

भेटमा अध्यक्ष ढकालले महासङ्घले तयार पारेको “सुदूरपश्चिममा लगानी सम्भावना, अवसर तथा चुनौती–स्थिति पत्र, २०८१” मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। मुख्यमन्त्री शाहले प्रदेशमा विशाल लगानी अवसर रहेको औंल्याउँदै प्रदेशलाई लगानीमैत्री बनाउन निजी क्षेत्रसँग सहकार्य प्राथमिकता भएको बताए।

उहाँले विशेषगरी कर्णाली–चिसापानी क्षेत्रमा ५ अर्ब लगानीमा निर्माण भइरहेको केवलकार परियोजना प्रदेशको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ढकालले पनि पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार लगानी सम्भावना रहेको बताए र प्रदेशमा नयाँ लगानी आकर्षित गर्न महासङ्घ प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

भौगोलिक लाभ र अन्तर्राष्ट्रिय बजारसँगको नजिकाइले सुदूरपश्चिमलाई लगानीको नयाँ गन्तव्य बनाउने सम्भावना बलियो भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply