वाणीमा रुखबाट खसेर एकजनाको मृत्यु

हेमा भट्ट, २३ मंसिर २०८२
कञ्चनपुर — कृष्णपुर नगरपालिका–२ का ५५ वर्षीय सिताराम चौधरीको बुधबार दिउँसो रुखबाट खसेर मृत्यु भएको छ। आफ्नै खेतमा रहेको भेल्लरको रुखमा चढेर घाँस काट्दै गर्दा उनी एकाएक असन्तुलित भई लडेका थिए। गम्भीर चोट लागेकाले घटनास्थलमै उनको मृत्यु भएको वडा अध्यक्ष अर्जुन साउदले जानकारी दिए।

अध्यक्ष साउदले आफ्नो फेसबुकमार्फत चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

स्थानीयका अनुसार दैनिक कामकाजमा रुख चढेर घाँस काट्ने चलन भए पनि सुरक्षा सामग्रीको अभाव, एक्लै काम गर्ने प्रवृत्ति र सावधानी नअपनाउँदा यस्ता दुर्घटनाको जोखिम बढ्दो छ।

सरोकारवालाले उचाइमा काम गर्दा डोरी, सहायक उपकरण तथा सहयोगी व्यक्तिको उपस्थितिलाई अनिवार्य मान्दै, खतरा घटाउन सबैलाई सतर्क रहन आग्रह गरेका छन्। घटनापछि स्थानीयले जोखिमपूर्ण कृषिकर्म तथा रुख–दाउरा सम्बन्धी काममा जनचेतना अभिवृद्धि गर्न आग्रहसमेत गरेका छन्।

चौधरीको निधनले वडाभर शोक छाएको छ। स्व. चौधरीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply