जनउत्थान सामुदायिक लघुवित्तद्वारा बिमा दाबी रकम हस्तान्तरण

हेमा भट्ट, २६ मंसिर २०८२
कञ्चनपुर — जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय रैकवार बिचवाले बिमा दाबी वापतको रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रम संस्थाका शाखा प्रमुख नरेन्द्र बहादुर भुलको अध्यक्षता तथा कृष्णपुर नगरपालिका–९ का वडा अध्यक्ष कैलाश बलायरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममार्फत दुर्भाग्यवश निधन भएका कृष्णा पार्कीको बिमा दाबी वापतको रु. १,१५,००० (एक लाख पन्ध्र हजार) रुपैयाँको चेक उहाँकी श्रीमती सीता पार्कीलाई हस्तान्तरण गरिएको शाखाले जनाएको छ।

उक्त कार्यक्रममा अतिथि हर्कबहादुर शाही, समूह प्रमुख यसोदा बोहोरा, कर्मचारीहरू मिनाकुमारी आले मगर, पवित्राकुमारी शर्मा, ललित कडारा, गगन सुनार, गौमती ताम्राकार, गंगा पार्की, तारा सुनार, नितु, राजु सुनार, अनिता आउजी, पुनी ढोलीलगायतको सहभागिता रहेको थियो।

बिमा दाबी प्राप्त भएपछि पार्की परिवारले संस्थाप्रति आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply