सुदूरपश्चिम महोत्सव चार दिन थपियो

पुस १
कैलालीमा जारी सुदूरपश्चिम महोत्सवको समयावधि चार दिन थपिएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव समयावधि थपिएको हो ।

संघले आज पत्रकार सम्मेलन गर्दै महोत्सव यही पुस ६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवमा देखिएको उत्साहजनक सहभागिता र सरोकारवालाहरुको मागलाई मध्यनजर गर्दै महोत्सव अवधी पुस २ गतेबाट बढाएर पुस ६ गते समापन हुने गरी कायम गरिएको बताए ।

उनले सुदूरपश्चिम महोत्सवमा आजका दिनसम्म सञ्चालन गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट अधिकतम सहभागिता जनाइ महोत्सवलाई सफल बनाईदिन समेत सबैमा आग्रह गरे ।

बिगत वर्षदेखि सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै कला र संस्कृति प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने उदेश्यले महोत्सव सञ्चालन हुँदै आएको उनले बताए ।

संघले २०६३ सालदेखि धनगढीमा आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको यो १९औं संस्करण हो । महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित खुला मैदानमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply