काठमाडौं । भारतको उत्तर प्रदेशस्थितदिल्ली–आगरा–
यमुना एक्सप्रेस वेमा मंगलबार बिहान भएको भीषण सवारी दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
मथुरा क्षेत्रमा बिहान करिब साढे चार बजे बाक्लो हुस्सुका कारण एकपछि अर्को गर्दै सात वटा बस र तीन वटा कार आपसमा ठोक्किएका थिए। ठक्करपछि सवारीसाधनमा आगलागी भएको र आगोमा जलेर धेरैको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनापछि उद्धार टोली घटनास्थलमा खटिएको थियो भने घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको निःशुल्क र तत्काल उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
