उज्यालो नेपाल पार्टीका नेता कुमालले जन्मदिन समाजसेवामा मनाए

सञ्जय महर, पुस ३
कञ्चनपुर । उज्यालो नेपाल पार्टी कञ्चनपुरका केन्द्रीय सदस्य भीम बहादुर कुमालले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेर जन्मदिन मनाएका छन् ।

बिहीबार पुस ५, २०८२ मा आयोजित एक कार्यक्रमबीच दोधाराचाँदनी नगरपालिका–२ चाँदनीका स्थानीय तथा समाजसेवी राजनीतिक नेता कुमालले भीमदत्त नगरपालिका–५ बनखेतस्थित महिला तथा ज्येष्ठ नागरिक आश्रम सेवा केन्द्रमा आश्रित बेसाहरा ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेका हुन् ।

जन्मदिनको खुसी समाजसँग बाँड्दै सामाजिक काममा सहभागी हुन पाउँदा आत्मसन्तुष्टि मिलेको कुमालले बताए । उनले कम्तीमा एक छाक भए पनि बेसाहरा नागरिकको भोको पेट भर्न सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । आगामी दिनमा पनि आश्रम तथा बेसाहरा नागरिकलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

झण्डै ५५ जना बसोबास गर्दै आएको उक्त आश्रममा खाद्यान्नको अभाव भइरहेका बेला सहयोग प्राप्त भएपछि आश्रम परिवार हर्षित भएको छ । आश्रमका संरक्षक कृष्णप्रसाद गौतमले खाद्यान्न अभावका बेला प्राप्त सहयोगले केही समयका लागि दैनिकी टर्न सहयोग पुगेको बताए ।

आश्रममै केक काटेर जन्मदिन मनाएका कुमाललाई उनकी धर्मपत्नी गीता कुमाल, सहकर्मी, आश्रमका ज्येष्ठ नागरिक तथा सञ्चारकर्मीहरूले शुभकामना दिएका थिए ।

महेन्द्रनगरस्थित गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेसनका प्रबन्ध निर्देशकसमेत रहेका समाजसेवी कुमालले हरेक जन्मदिनमा यस्तै सामाजिक कार्य गर्दै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply