पुर्व माओवादी कमाण्डर सुपबाट लेखराज भट्ट एक्का पदाधिकारी

कञ्चनपुर, पुष ४
नेकपा माअ‍ोवादीकामा पुर्व कमाण्डर नेता सुदूरपश्चिम प्रदेशबाट एक्ला एमाले पदाधिकारी निर्वाचित भएका छन । लेखराज भट्ट माओवादी हुँदा पनि सर्वोच्च पद, अहिले एमाले हुँदा पनि सर्वोच्च तेस्रो बरियता पदमा पुगेका हुन ।

नेकपा एमालेको नेतृत्व फेरी केपी शर्मा ओलीकै काँधमा आएको छ । ११औँ महाधिवेशनबाट समेत एमालेले नेतृत्वमा ओलीलाई नै जिताएका छन । ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई दोब्बर बढी १३सय ९९मतले हराउँदै पुन अध्यक्षमा बाजी मारेका हुन । यस अघि एमालेमा नेतृत्वका लागि २ बर्षे कार्यकाल र ७० बर्षे उमेरको हद तोकिएको थियो ।

गत भदौँमा एमाले विधान अधिवेशनबाट उक्त व्यवस्था हटाउँदै अध्यक्ष फेरी तेस्रो कार्यकालका लागि पाटी नेतृत्वमा पुगेका छन । ओलीले १ हजार ६सय ६३ र पोखरेलले ५सय ६४मत ल्याएका थिए । तत्तकालिन बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएपछि अब उक्त बरिष्ठ उपाध्यक्ष पद नै खारेजी भएकाले पोखरेललाई कता व्यवस्थापन गर्ने विषयमा अन्यौलता छाएको छ । उपाध्यक्षमा ओली टिमकै विष्णू पौडेल,पृथ्वीसुब्बा गुरुङ्ग,राम बहादुर थापा, रघुजि पन्त उपमहासचिवमा लेखराज भट्ट, रघुपबिर महासेट निर्वाचित भएका छन ।

सचिवमा महेश बस्नेत, छविलाल विश्वकर्मा,पदमा अर्याल, शेरधन राई,हिम्मत कार्की,यमराला खडेल, खगराज अधिकारी,भानुभक्त ढकाल, राजन भटराई निर्वाचित भएका छन । पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले बाजी मारेका छन ।

सुदूरबाट ओली प्यानलबाटै तत्तकालिन सचिव लेखराज भट्टले बाजी मारेमा छन । माओवादीबाट एमालेतिरै गएका भट्ट यस अघि सचिव अहिले उपमहासचिवको नेतृत्वमा पुगेका हुन । उनी एक्ला पदाधिकारी हुन । सचिवमा कर्ण थापा पराजित भएसंगै लेखराज सुपबाट एक्ला पदाधिकारी निर्वाचित भएका छन ।
कञ्चनपुरबाट कृपाराम राना, निरुदेवी पाल, कमला बोहरा निर्वाचित भएकी छिन । निर्वाचितहरुलाई बधाईको ओईरो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply