पुस ६
धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ आज समापन गरिने भएको छ । मंसिर २२ गतेदेखी सुरु भएको महोत्सव आज आईतबार समापन गरिने भएको हो ।
आयोजक कैलाली उद्योग वाणिज्य संघले पुष २ गतेसम्म आयोजना गर्ने भनिएको महोत्सव ४ दिन थपेको थियो । महोत्सवमा उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चाप तथा सरोकारवालाहरूको मागलाई मध्यनजर गर्दै अवधि थप गरिएको बताएको आयोजकले आज भने महोत्सवको समापन गरिने जनाएको छ ।
संघका महासचिव दिनेश लम्सालले आज दिउँसो २ बजे महोत्सवको समापन कार्यक्रम रहेको जानकारी दिए । उनले महोत्सवको अन्तिम दिन भएकाले आज दिउँसो २ बजेसम्म भएपनि सांस्कृतिक प्रस्तुतीहरु रहने बताए । २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १९औँ संस्करण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
