पुस १५
सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ ।
प्रदेशका सबै जिल्लाहरूमा आज ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।
हरेक वर्ष पुस १५ गते यहाँका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।
पुसे पन्ध्रमा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने चलन रहिआएको छ ।
आजको दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन रहेको छ ।
तरुल खानुपर्ने मान्यताअनुसार यहाँका शहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गदर्छ ।
आजको दिन राजभर जाग्राम बसी पुराना किंवदन्ती सुन्ने र सुनाउने चलन रहेका संस्कृतिका जानकारहरु बताउँछन ।
पछिल्ला दिनमा यो पर्व औपचारिकतामात्रै सीमित हुँदै गएको स्थानीय बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
