नेकपा कञ्चनपुरद्वारा प्रतिनिधि सभाका लागि सिफारिस उम्मेदवार सार्वजनिक

हेमा भट्ट
कञ्चनपुर — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरले प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटीको निर्णयअनुसार सिफारिस सूची सार्वजनिक गरिएको हो।

निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णराज गिरी, जीवनराज थापा, विना मगर, भक्त बहादुर अधिकारी र लोकेन्द्र बहादुर लम्साल सिफारिस भएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ बाट अमिन प्रसाद दहित, जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी, माधव प्रसाद पन्त, लालबहादुर खड्का, हरिस ठकुल्ला कमल क्षेत्री र तोयराज जोशी सिफारिस सूचीमा परेका छन्।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ बाट खेम भण्डारी, दीपक सिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरक सिंह धामी सिफारिस भएका छन्।

पार्टीले समावेशिता, क्षेत्रीय सन्तुलन र संगठनात्मक योगदानलाई आधार मानेर सिफारिस गरिएको जनाएको छ। सिफारिस भएका कमरेडहरूलाई पार्टी नेतृत्व तथा कार्यकर्ताहरूले हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन्।
अन्तिम उम्मेदवार छनोट पार्टीको केन्द्रीय निर्णयअनुसार हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply