धनगढीमा डोटेली समाजद्वारा पुष १५ भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

हेमा भट्ट
धनगढी — डोटेली समाज कैलालीको आयोजनामा पुष १५ (२०८२/०५/१५) का दिन धनगढीस्थित शुभश्री पार्टी प्यालेस, हसनपुरमा भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा डोटेली समुदायका परम्परागत तथा मौलिक खानाका परिकारहरू विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएका थिए। १०१ किलोको निसोसेसहित गतानी डुल्का, बटुक, टोड, सकलगञ्ज, फण्टे माना, भुतेकी छांव, भुटेको नुन, तिलौठ बुक्को लगायत विविध डोटेली परिकारहरूको स्टल राखिएको थियो, जसले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।
सांस्कृतिक कार्यक्रमअन्तर्गत चर्चित कलाकार चक बमको विशेष प्रस्तुति, देउडा खेल तथा डोटेली मौलिक लोकनृत्यहरू प्रस्तुत गरिएका थिए। साथै, “बाते हाल्ने” जस्ता परम्परागत सांस्कृतिक अभ्यासले कार्यक्रमलाई थप जीवन्त र स्मरणीय बनाएको थियो।
कार्यक्रममा डोटेली समाजका संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका निबर्तमान सदस्य माननीय डिल्लीराज पन्तज्यू लगायत राजनीति, समाजसेवा, संस्कृति र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले डोटेली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे।
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा सहभागी सबैप्रति आयोजकले हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply