हेमा भट्ट पुस १६
कञ्चनपुर — नेपाली कम्युनिस्ट पार्टीका युवा नेता र समाजसेवी दीपक बिसी सुदूरपश्चिम प्रदेश, कञ्चनपुर क्षेत्र नम्बर १ बाट संघीय संसद्का लागि पार्टीको प्रबल दाबेदारका रूपमा सिफारिस भएका छन्। पार्टीभित्रको सक्रियता, इमान्दारिता र जनसम्पर्क क्षमतालाई उच्च मूल्यांकन गर्दै उनलाई असल राजनीति र युवामैत्री सोचका कारण सिफारिस गरिएको हो।
दीपक बिसीको राजनीतिक यात्रा जनयुद्धदेखि गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र स्थापनासम्म फैलिएको छ। वि.सं. २०५८ सालमा तत्कालीन निरंकुश सामन्ती शासनको अन्त्यका लागि सुरु भएको जनयुद्धमा उनी भूमिगत भई जनमुक्ति सेनाको कम्पनी कमाण्डरको जिम्मेवारी सम्हालेका थिए। त्यसयता उनी गणतन्त्र, संघीयता, समावेशिता र समानतामूलक समाज निर्माणमा निरन्तर योगदान दिँदै आएका छन्। बिसी देशमा विद्यमान जातीय, लैङ्गिक र क्षेत्रीय विभेदको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने उद्देश्यमा प्रतिबद्ध छन्।
पार्टीभित्र बिसी विभिन्न तह र कमिटीमा काम गर्दै आएका छन्। हाल उनी सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य तथा कञ्चनपुर जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्जको जिम्मेवारीमा छन्। यसअवधि उनी पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र युवालाई नेतृत्वमा ल्याउने अभियानमा सक्रिय छन्। पार्टीका भित्री मूल्यांकनमा उनका नेतृत्व कौशल, इमान्दारिता र जनसम्पर्क क्षमतालाई उच्च अंक दिइएको छ।
दीपक बिसी जेन–जि (Generation Z) पुस्ताको सार्थक सहभागितामा विश्वास राख्छन्। उनी युवामैत्री राजनीति, शिक्षा, खेलकुद र सामाजिक विकासका क्षेत्रमा योगदान गर्दै आएका छन्। क्याम्पस सञ्चालन, विद्यालय व्यवस्थापन समिति, खेलकुद विकास तथा युवा नेतृत्व कार्यक्रममार्फत उनी युवालाई सचेत, अनुशासित र सक्षम बनाउने प्रयासमा छन्। युवा परिषद् कञ्चनपुरका अध्यक्ष रहँदा उनले नेतृत्व विकास, सामाजिक सचेतना र युवालाई आत्मनिर्भर बनाउने विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।
देशमा बढ्दो युवा पलायन, बेरोजगारी र लागुऔषध दुर्व्यसनलाई बिसी गम्भीर चुनौती ठान्छन्। उनका अनुसार युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता, सीपमूलक तालिम र उत्पादनमुखी कार्यक्रम आवश्यक छन्। साथै, हालको सबैभन्दा गम्भीर समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै उनले पारदर्शिता, जवाफदेहिता र नीति–कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। “जबसम्म भ्रष्टाचारको अन्त्य हुँदैन, तबसम्म देश निर्माण सम्भव छैन,” उनले दृढतापूर्वक भने।
दीपक बिसी डिजिटल प्रविधिमा दक्ष, सचेत र प्रश्न गर्न सक्ने क्षमता भएको जेन–जि पुस्तालाई राजनीतिबाट टाढा राख्नु दीर्घकालीन रूपमा घातक हुनेमा विश्वास राख्छन्। उनी अनुभव र ऊर्जाको संयोजनबाट दिगो नेतृत्व विकास सम्भव हुनेमा विश्वस्त छन्। पुराना र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उनले सुशासन, समावेशिता र उत्पादनमुखी अर्थतन्त्रमार्फत मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने निष्कर्ष निकालेका छन्।
राजनीतिक जिम्मेवारीसँगै बिसी सामाजिक, शैक्षिक र खेलकुद क्षेत्रमा पनि सक्रिय छन्। क्याम्पस सञ्चालन, विद्यालय व्यवस्थापन समिति, खेलकुद विकास तथा युवालाई नेतृत्वमा ल्याउने विभिन्न कार्यक्रमहरुमा उनी निरन्तर संलग्न छन्। उनले शिक्षा र खेलकुदलाई समाज रूपान्तरणका आधारभूत स्तम्भका रूपमा लिन्छन् र सचेत, अनुशासित र सक्षम युवा उत्पादनमा यी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउँछन्।
यसरी, अनुभव, इमान्दारिता, सक्रियता र युवामैत्री दृष्टिकोणको संयोजनले युवा नेता दीपक बिसीलाई कञ्चनपुर १ बाट संघीय संसद्का लागि पार्टीको प्रबल दाबेदारको रूपमा अघि बढाएको छ। उनका दृष्टिकोण, सामाजिक योगदान र नेतृत्व क्षमताले पार्टीलाई मात्र होइन, सम्पूर्ण क्षेत्रका जनतामा पनि विश्वास र अपेक्षा जगाएको छ।
