४० वर्षीया रुपा देवी अझै बेपत्ता, श्रीमान्को भावुक अपिल— ‘जहाँ छौ, सुरक्षित भएर घर फर्क’

पुस १८
कैलाली — जोशीपुर गाउँपालिका–६, सिमरीकी ४० वर्षीया रुपा देवी रावत मिति २०८२ साल कार्तिक १७ गते घरबाट सामान्य रूपमा “कपडा किन्न बजार जान्छु” भन्दै निस्किइन्। तर त्यो दिनपछि उनी कहिल्यै घर फर्किनन्। करिब डेढ महिनादेखि सम्पर्कविहीन भएकी रुपा देवीको पर्खाइमा अहिले एउटा परिवार आँसु र आशामै बाँचिरहेको छ।

रुपा देवीका श्रीमान् महेश रावतका अनुसार, सो दिन श्रीमतीले “कैलालीको मुडा बजार जान्छु” भन्दै फोनसमेत गरेकी थिइन्।
म कसैलाई साथमा लिएर जानू भनेको थिएँ,” उनी भावुक हुँदै सम्झन्छन्, तर उनी रिसाउँदै ‘म जानैपर्छ’ भनिन्। छिट्टै फर्किनू भनेको थिएँ… तर त्यो अन्तिम संवाद रहेछ।”

त्यसपछि रुपा देवीको फोन पूर्ण रूपमा बन्द भयो। परिवार, आफन्त, छरछिमेक र स्थानीयको सहयोगमा सम्भव भएसम्म खोजी गरियो। प्रहरीमा खोजी जाहेरी समेत दर्ता गराइएको छ। तर अहिलेसम्म कुनै पनि ठोस सुराक फेला परेको छैन।

घरमा अहिले रुपा देवीका दुई सन्तान— एक छोरी र एक छोरा आमाको बाटो हेरिरहेका छन्। आमाको अभावले उनीहरूको अनुहारमा हाँसो हराइसकेको छ।
एक आमा, एक श्रीमती र एक घरको मेरुदण्ड हराउँदा पूरै परिवार अन्धकारमा डुबेको छ।

श्रीमान् महेश रावत भन्छन्, म सधैं परिवारका लागि मिहिनेत गर्दै आएको छु। आफ्नै गाडी चलाएर घरखर्च चलाइरहेको छु। कहिल्यै मेरी श्रीमतीलाई दुख दिन चाहिनँ। सानोतिनो गल्ती भए पनि म सधैं माफ गरिदिन्थेँ।”

उनको आवाज भक्कानिँदै जान्छ
आज मेरो एउटै चाहना छ— मेरी श्रीमती जहाँ भए पनि सुरक्षित भएर घर फर्कून्। यदि कसैले देख्नुभएको छ, केही थाहा छ भने, मानवताको नाताले एकपटक खबर गरिदिनुहोस्।”

रुपा देवीको सुरक्षित फिर्तीका लागि उनका श्रीमान्, परिवार र आफन्तले सबै नागरिक, सञ्चारकर्मी, सरोकारवाला निकाय तथा सुरक्षा निकायसँग हार्दिक अपिल गरेका छन्।

आज सिमरी गाउँ मात्र होइन, एक आमाको सुरक्षित फर्काइ सम्पूर्ण समाजको साझा जिम्मेवारी बनेको छ।
यदि तपाईंले रुपा देवी रावतलाई कहीं देख्नुभएको छ वा कुनै जानकारी छ भने, नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिनुहोस्।
एउटा सानो सूचनाले एउटा परिवार उज्यालो हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply