धनगढीमा गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक

पुस २०
धनगढीः गायक तथा सर्जक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक भएको छ। प्रेमभावमा आधारित उक्त गीतमा स्वर, शब्द र संगीत स्वयं रविन एसकेकै रहेको छ, जसले गीतलाई अझ विशेष बनाएको छ।

गीतको एरेन्ज तथा रेकर्डिङ मनिष घर्ती मगरले गरेका छन् भने म्युजिक भिडियोको कोरियोग्राफी खगेन बिसीले गरेका हुन्। भिडियोको छायांकन जहित बुढाले गरेका छन् र सम्पादन पीआर जोशीले गरेका छन्।

**सुरेन्द्र संगम बिसी ‘डोट्याल बड्डो’**को निर्देशनमा तयार गरिएको भिडियोमा गायक रविन एसकेसँगै लक्ष्मी साउँद, सुरेश महत्रा क्षेत्री र अनुष्का मगरको आकर्षक अभिनय देख्न सकिन्छ। गीत र भिडियोले युवा–युवतीबीचको प्रेम, भावना र आकर्षणलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

नयाँ गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गायक रविन एसकेले व्यक्त गरेका छन्। यसअघि सार्वजनिक गरिएको उनको गीत ‘धनगढी सहर’ दर्शक–स्रोतामाझ निकै लोकप्रिय बनेको थियो।

उक्त म्युजिक भिडियो ‘Rabin SK’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply