भीमदत्तमा सवारी दुर्घटना : पैदलयात्रीको दुःखद मृत्यु, अनुसन्धान तीव्र

हेमा भट्ट, माघ २
कञ्चनपुरको भीमदत्त नगरपालिका–स्थित महाकाली पेट्रोलपम्प नजिक शुक्रबार बिहान करिब ८:१५ बजे सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको घटनास्थलमै दुःखद निधन भएको छ। महाकाली यातायात प्रालिको सुप ०२–००१ ख १०८३ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ५२ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। घटनाबारे जानकारी दिँदै प्रहरी इन्सपेक्टर विरेन्द्र सिंह थापाले रैकवार खबर दैनिक लाई बताउनुभयो—दुर्घटनाको कारणबारे सूक्ष्म अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

हाल मृतकको पहिचान खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको छिटो प्रतिक्रिया र सक्रियताले घटनाबारे सत्यतथ्य बाहिर ल्याउने काम तीव्र रूपमा अघि बढिरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply