गगनकुमार थापा नेपाली कांग्रेसका आधिकारिक सभापति!

काठमाडौं – नेपाली कांग्रेसको नेतृत्वमा अब नयाँ अध्याय सुरु भएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापालाई आधिकारिक सभापतिको मान्यता दिएको छ।
आयोगका उच्च स्रोतका अनुसार, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सगुन शमशेर राणा थापा पक्षमा रहेका थिए भने जानकी तुलाधारले फरक मत राखेकी थिइन्। आयोगले पार्टीको विधानको धारा १७(२) अनुसार पेश भएका प्रमाण र कागजातहरूलाई आधार मानेर निर्णय गरेको हो।
पुस २७–३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापतिमा निर्वाचित गरेको थियो। त्यसपछि आयोगमा विवरण अद्यावधिक गर्न निवेदन आएपछि, दुवै पक्षको दाबीको समीक्षा पछि थापा पक्षलाई आधिकारिक मान्यता प्रदान गरियो।
अब नेपाली कांग्रेसको रुख र चारतारे झण्डा थापा नेतृत्वको कार्यसमितिकै आधिकारिक प्रतीक बन्ने भएका छन्। यस कदमले पार्टीमा स्थिरता र नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।
यो निर्णय नेपाली कांग्रेसका समर्थकहरू र पार्टीभित्रका सबैका लागि उत्साहजनक खबर बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply