हेमा भट्ट, माघ ८
कैलाली – उज्यालो नेपाल पार्टीका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं.–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवास कुवँरले सुसासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेका छन्।
धनगढीस्थित होटल सनलाइटमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवार कुवँरले सामाजिक न्याय, सुशासन र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा केन्द्रित स्पष्ट एजेन्डा प्रस्तुत गरे। “गफ होइन काम, भाषण होइन परिणाम” भन्ने नारासहित उनले जनताको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
घोषणा–पत्रमा जातीय तथा क्षेत्रीय विभेद न्यूनीकरण गर्दै सामाजिक मेलमिलाप र एकता प्रवर्द्धन गर्ने नीति समेटिएको छ। महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम, आत्मनिर्भर कार्यक्रम र उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ।
सेवा प्रवाहमा पारदर्शिता र समानता सुनिश्चित गर्न सामाजिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने तथा जनगुनासो प्रत्यक्ष रूपमा सरकारसम्म पुग्ने प्लेटफर्म निर्माण गर्ने प्रतिबद्धता पनि कुवँरले व्यक्त गरे।
प्राकृतिक प्रकोपबाट विस्थापित नागरिकलाई स्थायी बसोबासको व्यवस्था गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजना घोषणा–पत्रमा समावेश छ।
कृषि क्षेत्रको आर्थिक रुपान्तरणका लागि प्रत्येक नगरपालिकामा कोल्ड स्टोर, प्रशोधन केन्द्र तथा पशुपालन संकलन केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ। यसले कृषकलाई उत्पादनको उचित मूल्य दिलाउने र युवालाई विदेश पलायन हुनबाट रोक्ने लक्ष्य लिएको छ।
चुरे क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्दै पूर्वाधार विकास, शिक्षा, खानेपानी तथा सडक विस्तारमा जोड दिँदै उक्त क्षेत्रलाई एग्रो–टुरिजम हब का रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ। साथै युवालाई खेलकुदसँग जोड्न खेल स्टेडियम निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।
प्रत्यक्षतर्फ चुनाव चिन्ह “चिम” र समानुपातिकतर्फ “बाँसुरी” लिएर चुनावी मैदानमा उत्रिएका कुवँरले कैलाली–४ लाई समृद्ध, न्यायपूर्ण र अवसरयुक्त क्षेत्र बनाउने दाबी गरे।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 32768;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;
