सामुदायिक वनको उदाहरणीय पहल : ग्वासी आधारभूत विद्यालयलाई विङ्गर मिनी बस हस्तान्तरण

हेमा भट्ट, माघ १०
कञ्चनपुर । शिक्षा र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै श्री नमुना सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुर नगरपालिका–४, मालुबेलाले श्री ग्वासी आधारभूत विद्यालय, मालुबेला लाई एक थान विङ्गर मिनी बस हस्तान्तरण गरेको छ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेजबहादुर रावल ले मिनी बस हस्तान्तरण गर्दै यस सहयोगलाई सामुदायिक उत्तरदायित्व र शिक्षाप्रतिको प्रतिबद्धताको प्रतिफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यालय र समुदायको आवश्यकताअनुसार निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मिनी बस हस्तान्तरण कार्यक्रम कृष्णपुर नगरपालिका वडा नं.–४ मा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष धर्म सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने सब–डिभिजन वन कार्यालयकी बाणी रेन्जर बिमला निदाल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष धर्म सिंहले सामुदायिक वनले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता सहयोगले विद्यालयको पहुँच विस्तार, विद्यार्थीको नियमित उपस्थिति र शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले वन संरक्षणमा समुदाय र विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सचेतना र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी, विशिष्ट अतिथि बाणी रेन्जर बिमला निदाल ले सामुदायिक वन संरक्षणमा मात्र सीमित नरही शिक्षा र सामाजिक विकासमा समेत सक्रिय हुनु उदाहरणीय कार्य भएको बताउनुभयो।

विद्यालयका तर्फबाट शिक्षिकाले सामुदायिक वन उपभोक्ता समूहले गरेको यो सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको उल्लेख गर्दै अध्यक्ष रावलसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो।

मिनी बस प्राप्त भएपछि श्री ग्वासी आधारभूत विद्यालय परिवार ले विद्यार्थीको आवत–जावत सहज हुने, शैक्षिक गतिविधि थप प्रभावकारी बन्ने र विद्यालय विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेको छ।
स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै शिक्षा क्षेत्रमा गरिएको यो योगदानले सामुदायिक वन र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ भने अन्य सामुदायिक संस्थाहरूका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply