कञ्चनपुरका युवा नेता प्रकाश जप्रेल नेकपामा आबद्ध, प्रचण्डद्वारा हार्दिक स्वागत

कञ्चनपुर, माघ १४
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका सक्रिय युवा नेता प्रकाश जप्रेल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा आबद्ध भएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा विप्लव निकट अखिल समाजवादीका केन्द्रीय महासचिवसमेत रहेका जप्रेलले नेकपामा प्रवेश गरेका हुन्। लामो समयदेखि विद्यार्थी राजनीतिमा विद्यालय तहदेखि केन्द्रसम्म निरन्तर सक्रिय रहँदै आएका जप्रेललाई कञ्चनपुर क्षेत्र नम्बर ३ बाट सिफारिस गरिएको बताइएको छ।
जप्रेलसँगै नेकपा (माओवादी) का संयोजक चिरञ्जीवी ढकाल पनि नेकपामा प्रवेश गरेका छन्। कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढकालसहित प्रवेश गर्ने सम्पूर्ण नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमका क्रममा दुवै पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा पार्टीका नेता–कार्यकर्ताको समितिगत हैसियत र जिम्मेवारी आपसी सहमतिमा तय गरिने उल्लेख गरिएको छ।

संयोजक प्रचण्डले सबै कम्युनिष्ट घटकहरू एकताबद्ध भई देश र जनताको पक्षमा अघि बढ्नुपर्नेमा जोड दिँदै यस प्रकारका एकताले कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply