शुक्लाफाँटा–११ कलुवापुरमा हिन्दु धार्मिक एकता सन्देशसहित घर पूजा तथा प्रतिष्ठा कार्यक्रम सम्पन्न

हेमा भट्ट, माघ १८
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अन्तर्गत कलुवापुरमा चेतराम सार्कीको निवासमा भव्य रूपमा घर पूजा तथा प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ। हिन्दु सनातन धर्मको महत्व, सामाजिक सद्भाव र धार्मिक एकताको सन्देश फैलाउने उद्देश्यसहित आयोजित कार्यक्रममा हिन्दु चर्चित धार्मिक रूपान्तरणका अभियन्ता तथा क्रान्तिकारी गुरु गणेशप्रसाद पन्तले विशेष प्रवचन दिनुभएको थियो।

कार्यक्रममा बोल्दै गुरु पन्तले दलित समुदायसहित सम्पूर्ण समाज हिन्दु सनातन धर्मका ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक मूल्यसँग जोडिनुपर्नेमा जोड दिनुभयो। उहाँले धर्म कुनै विभाजनको माध्यम नभई सामाजिक एकता, समानता र आत्मसम्मानको आधार बन्नुपर्ने बताउनुभयो।

घर पूजा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी शुक्लाफाँटा नगरपालिकाका पूर्व नगर प्रमुख दिलबहादुर ऐरले धार्मिक सहिष्णुता र आपसी सम्मान आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोच र सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका संवाददाता राजेन्द्र पनेरु, दलित अगुवा तथा सामाजिक अभियानकर्ता ईश्वर सुनार, गणेश विक, मदन नेपाली, दिलबहादुर ताम्राकार, शिवी लुहार, अन्तराम वड, दीपेन्द्र जैरु र कालुराम भुललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले दलित समुदायलाई मूलधारको धार्मिक–सांस्कृतिक पहिचानसँग जोड्दै समान हक, अधिकार र सम्मानका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए।

स्थानीयबासी तथा आमन्त्रित अतिथिहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त घर पूजा तथा प्रतिष्ठा कार्यक्रमले हिन्दु धार्मिक एकता, सामाजिक सद्भाव र आपसी विश्वासको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो। कार्यक्रम शान्त, मर्यादित र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply