हेमा भट्ट,माघ २८
धनगढी–३, सहिदगेट, चटकपुर, कैलाली – स्वास्थ्य सेवामा नयाँ मापदण्ड स्थापना गर्दै केयरटेकर हस्पिटल प्रा.लि. ले सुदूरपश्चिमको पहिलो आधुनिक (मोडुलर) अस्पतालको रूपमा आफ्नो भव्य उद्घाटन माघ २८ गते सम्पन्न गरेको छ। अस्पतालले स्वास्थ्य क्षेत्रमा विश्वासिलो सेवा र नवीनतम प्रविधि मार्फत गुणस्तरीय उपचार प्रदान गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको छ।


अस्पतालको मूल नारा “तपाईको स्वास्थ्य हाम्रो प्रतिवद्धता” अन्तर्गत यहाँ अनुभवी तथा दक्ष चिकित्सक टोली र आधुनिक उपकरणबाट सुसज्जित सेवा प्रदान गरिएको छ। बिरामीमैत्री वातावरण कायम गर्दै विश्वसनीय उपचार सुनिश्चित गर्न अस्पतालमा विभिन्न विशेषज्ञ सेवा उपलब्ध छन्।
केयरटेकर हस्पिटलले उपलब्ध गराएको सेवाहरूमा २४ सै घण्टा आपतकालीन सेवा, स्त्री तथा प्रसूति रोग विशेषज्ञता, जनरल मेडिसिन, छाला र सौन्दर्य रोग, रेडियोलोजी, नाक-कान-घाँटी, मुटु रोग, डेन्टल केयर, युरो सर्जरी, न्यूरो सर्जरी, हाडजोर्नी–मेरुदण्ड तथा नसा रोग, जनरल र ल्याप्रोस्कोपीक सर्जरी, फिजियोथेरापी सेवा, उच्च प्रविधि जडित अपरेशन कक्ष, आईसियु, एनआईसियु र डेलिभरी कक्षको व्यवस्था रहेका छन्। साथै, गुणस्तरीय औषधि र अनुभवी फार्मासिष्टसहितको आधुनिक फार्मेसी पनि उपलब्ध छ।


अस्पतालमा कार्यरत प्रमुख विशेषज्ञ चिकित्सकहरूमा टाउको, दिमाग, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सह.प्रा.डा. विकेश खम्बु (श्रेष्ठ), छाला तथा यौन रोग विशेषज्ञ डा. केबी शाही, जनरल तथा ल्याप्रोस्कोपीक सल्यचिकित्सक डा. राजीव चौधरी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ज्ञानराज अर्याल, एनेस्थेसियोलोजिष्ट क्रिटिकल केयर विशेषज्ञ डा. विशाल खंगका, अर्थोपेडिक्स तथा ट्रामा सर्जरी डा. सन्दीप ओली, न्युरो सर्जरी विशेषज्ञ डा. उत्सव श्रेष्ठ, हाडजोर्नी रोग विशेषज्ञ डा. इन्द्रबहादुर शाह, नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. महेश कुमार साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बिनिता संजेल, फिजियोथेरापिष्ट डा. शशाङ्की चटौत लगायतका अनुभवी चिकित्सकहरूको विशेषज्ञ टोली रहेका छन्।


भव्य उद्घाटन समारोहमा बजार व्यवस्थापक वीर बहादुर महता ज्यु स्वागत मन्तव्य प्रस्तुत गर्दै, कार्यक्रम संचालन अम्बा दत्त पन्तले गरेका थिए। शुभकामना मन्तव्य दीपक प्रसाद उपाध्याय संचालक शाहीले दिएका थिए। कार्यक्रममा विभिन्न बुद्धिजीवी, पत्रकार, धनगढी उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य विजय जोशी, वरिष्ठ चिकित्सकहरू, तथा अस्पतालका जिम्मेवारी प्रमुख उपस्थित थिए। उपस्थित अतिथिहरूले लामो रिबन काटेर अस्पतालको औपचारिक उद्घाटन गरे।

केयरटेकर हस्पिटलले स्वास्थ्य सेवामा नवीनतम प्रविधि र सुदूरपश्चिमकै अग्रणी सुविधाहरू ल्याउँदै, बिरामीहरूलाई उच्च गुणस्तरीय उपचार र सुविधा सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
सम्पर्क: फोन: ०५१–५२०२११, ५२०५१२ | मोबाइल: ९८५८४८६८३२, ९८६८७८३८६२, ९८५८४८६८३० केयरटेकर हस्पिटल प्रा.लि. – स्वास्थ्य सेवामा समर्पित, विश्वासको आधार।
