विश्वकप क्रिकेटमा भिड्दैछन् भारत र पाकिस्तान

फागुन ३

आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दैछन्।

आइतबार बेलुकी सवा ७ बजे भारत-पाकिस्तानबीचको खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा खेल हुनेछ।

यसअघि पाकिस्तानले भातरविरूद्ध नखेल्ने भनेको थियो।

पछि पाकिस्तानी सरकारले भारतविरूद्ध खेल्न अनुमति दिएको थियो।

भारत र पाकिस्तानबीच आज र आगामी दिनमा हुने सबै खेल श्रीलंकामा हुनेछ।

पाकिस्तानले सुरक्षाको कारण देखाउँदै भारतमा भने नखेल्ने बताएको थियो।

यसअघि बंगलादेशले पनि भारतमा नेखेल्ने भनेपछि उसलाई प्रतियोगिताबाटै बाहिर राखिएको थियो। उसको ठाउँमा अहिले स्कटल्याण्डले विश्वकप खेलिरहेको छ।

भारत पाकिस्तान समूह ‘ए’मा छ।

दुवै टोलीले दुई-दुई खेल खेलिसकेका छन् भने दुवै खेलमा जित निकालेको छ।

भारतले नामिबियालाई ९३ रन र संयुक्त राज्य अमेरिकालाई २९ रनले हराएको थियो।

पाकिस्तानले नेदरल्याण्डलाई ३ विकेट र अमेरिकालाई ३२ रनले पराजित गरेको थियो।

पाकिस्तानले अब नामिबिया र भारतले नेदरल्याण्डसँग अन्तिम खेल खेल्नेछ।

समूहको शीर्ष २ टोलीले सुपर-८ मा स्थान बनाउनेछ।

भारत पाकिस्तान दुवैको अहिले ४-४ अंक छ।

पछिल्लो पाँच खेलमा पाकिस्तानलाई भारतले हराएको छ।

गत सेप्टेम्बरमा भएको एसिया कपका तीनै खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो।

त्यसअघि सन् २०२४ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटलाई पराजित गरेको थियो। सन् २०२२ को विश्वकपमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply