नेपालका लागि १२ वर्षपछि विश्वकपमा अर्धशतक प्रहार गरेका दीपेन्द्र

फागुन ३

आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा वेस्ट इन्डिजविरूद्ध पहिले ब्याटिङ गरेको नेपालको सुरुवात निकै खराब रह्यो।

ब्याटरहरू लगातार आउट हुँदा नेापलको हालत इटालीसँगको जस्तै हुने संकेत समेत देखिएपछि उपस्थित दसौं हजार दर्शक निराशा भएका थिए।

लगातार विकेट गइरहँदा नेपाल कम स्कोरमा समेटिने स्थिति पैदा भएको थियो। यस्तो अवस्थामा नेपालको मध्यक्रम सम्हालिनु पर्ने थियो। जसमा नेपाली टोलीका उपकप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीमाथि भरोसा थियो। र त्यो भरोसा दीपेन्द्रले पूरा गरेका छन्।

भारतको मुम्बईस्थित वानखेडे रंगशालाको पिचमा सुरुमा ब्याटिङ गर्न गाह्रो देखिए पनि बिस्तारै ब्याटमा बल आउन थालेको थियो। जसको फाइदा दीपेन्द्रले उठाउन सके। उनको अर्धशतकले विश्वकपमा नेपाली ब्याटिङको इज्जत समेत जोगिएको छ।

दीपेन्द्रको बारेमा पढ्नुहोस् :- चितुवाभन्दा फुर्तिला ‘टाइगर’ दीपेन्द्र

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। नेपालका अरु ब्याटरले पनि धैर्यपूर्वक ब्याटिङ गरेको भए नेपालले अन्त्यतिर राम्रो रन बनाउन सक्ने दीपेन्द्रको इनिङबाट प्रामणित समेत भएको छ।

वानखेडेमा टस जितेको वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै नेपालालई आशा दिएका हुन्। अन्तिम ओ‌भरमा आउट हुनुअघि उनले ५८ रन बनाए। खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रको अर्धशतक महत्वपूर्ण सावित भयो। नेपालका लागि टी-२० विश्वकपमा दोस्रो अर्धशतक बनाउने खेलाडी बनेका दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा नेपालको आशा पलायो।

यो नेपालले विश्वकपमा १२ वर्षपछिको अर्धशतक हो। यसअघि सन् २०१४ मा नेपालका लागि सुवास खकुरेलले अफगानिस्तानविरूद्ध अर्धशतक प्रहार गरेका थिए।

दुई वर्षअघि वेस्ट इन्डिज र अमेरिकामा भएको विश्वकपमा नेपालका कुनै पनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेका थिएनन्। दश वर्षको प्रतिक्षापछि दीपेन्द्रले कठिन परिस्थितिमा टोलीको संकट टार्दा अर्धशतक प्रहार गर्न सफल भए। दीपेन्द्रले वेस्ट इन्डिजका मुख्य बलर सामर जोशेफलाई छक्का प्रहार गर्दै आफ्नो क्षमता पनि प्रमाणित गरे।

नेपालको सुरूवात राम्रो भने हुन सकेन। पहिलो ओभरमै कुशल भुर्तेल अकिल हुसेनबाट बोल्ड भए। ३ बल खेलेका भुर्तेलले १ रन मात्र जोड्न सके। वेस्ट इन्डिजविरूद्ध खेलेका यसअघिका तीन टी-२० खेलमा पनि भुर्तेल अकिलकै शिकार बनेका थिए।

एकदमै दबाबमा खेलेको नेपाल तेस्रो ओभरमा कप्तान रोहितकुमार पौडेललाई ५ रनमा गुमायो। म्याथ्यू फोर्डको एलबिडब्लू अपिलमा अम्पायरले आउट दिएका थिए। रोहितले रिभ्यू गरे पनि उनी आउट देखिए।

अर्को ओभरमा आसिफ शेख फाइन लेगमा फिल्डर क्याच भए। उनले १० बल खेल्दा २ चौका प्रहार गर्दै ११ रन जोड्न सके।

लगातार विकेट गुमाएको नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदा २२ रन मात्र जोड्न सक्यो। त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। सातौ ओभरमा होल्डरले नै आरिफ शेखलाई मिड विकेटमा रहेका फिल्डरबाट समातिए। आरिफले ८ बल खेल्दा २ रन मात्र बनाउन सके।

त्यसपछि केही टिकेका लोकेश बमले १५ बल खेलेर १३ रन जोडे। उनले सामर जोशेफले विकेट पछाडि शाइ होपबाट क्याच गराए। लोकेशले दुई चौका प्रहार गरेका थिए।

गुल्सन झा आजको खेलमा पनि चल्न सकेनन्। उनी १५औ ओभरको अन्तिम बलमा बोल्ड भए। रोस्टन चेजबाट बोल्ड भएका गुल्सनले ११ रन जोड्दा १४ बल खेल्दा एक छक्का प्रहार गरे। उनले दीपेन्द्रसिंह छैटौं विकेटका लागि २७ रनको साझेदारी गरे।

त्यसपछि दीपेन्द्र र सोमपाल कामीले केही राम्रो ब्याटिङ गरे। सोमपालले १८औं ओभरमा जेसन होल्डरलाई लगातार तीन चौका प्रहार गर्दा नेपालले ओभरमा १६ रन जोडेको थियो भने सय रन कटाउन सफल भएको थियो।

१९औं ‌‍ओभरमा पनि नेपालले सामर जोसेफलाई १८ रन प्रहार गर्‍यो। यो ओभरमा दीपेन्द्रले सामरलाई दुई छक्का प्रहार गरे।

अन्तिम दीपेन्द्र आउट हुनुअघि उनीहरुबीच सातौं विकेटका लागि ५४ रनको साझेदारी भएको थियो। जसले नेपाललाई राहत मिल्यो। सोमपालले नटआउट नटआउट २६ रन बनाए। सोमपालले १५ बलमा ४ चौका प्रहार गरे। अन्तिम बलमा आउट भएका करण केसीले १ रन मात्र बनाउन सके।

बलिङमा वेस्ट इन्डिजका जेसन होल्सरले चार विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिए।

पहिलो खेलमा इंग्ल्यान्डसँग चार रन र दोस्रो खेलमा इटालीसँग दश विकेटकले पराजित भएको नेपालका लागि आजको खेल जित्न महत्वपूर्ण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply