सुदूरपश्चिममा बन्दको प्रभाव सामान्य

फागुन ५
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन २१ मा तोकिएको निर्वाचन खारेजीको माग गर्दै मंगलबार घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम सामान्य देखिएको छ ।
शैक्षिक संस्था बन्द गरिएका छन् भने निजी तथा सरकारी कार्यालयहरू नियमित रूपमा सञ्चालनमा रहेका छन् । बजार क्षेत्र पुर्ण रूपमा खुलेको छ ।

यातायात क्षेत्रमा बन्दको खासै प्रभाव परेको देखिदैन् । लामो तथा छोटो दूरीका सवारी साधन नियमित रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

बन्दकर्ताहरूले फागुन २१ को निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपविरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा संवैधानिक संयुक्त सरकार गठनको मार्ग अघि बढाउनुपर्ने माग राख्दै बन्दको घोषणा गरेका हुन् । प्रहरी प्रशासनले शान्ति–सुरक्षा कायम राख्न विशेष निगरानी बढाएको जनाएको छ भने सर्वसाधारणलाई अफवाहमा नलागी संयमित रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply