खेमराज भट्ट,फागुन ७
काठमाडौं, फागुन — ले सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक फोटो, भिडियो तथा AI–सिर्जित श्रव्यदृश्य सामग्रीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सर्वसाधारणलाई जिम्मेवार र सचेत हुन सार्वजनिक अनुरोध गरेको छ ।
काठमाडौंकाे स्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात/दुर्व्यवहार गरेको आरोपमा एक सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम अनुसन्धान अघि बढाइसकेको जनाएको छ। घटनापछि उक्त विषयसँग सम्बन्धित विभिन्न भ्रामक फोटो, भिडियो र कृत्रिम बौद्धिकता (AI) प्रयोग गरी तयार गरिएका सामग्रीहरू सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारण भएको प्रहरीको संज्ञानमा आएको छ।
प्रहरीका अनुसार कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको विषयमा अपुष्ट तथा भ्रम सिर्जना गर्ने सामग्री सार्वजनिक गर्नु स्वयंमा पुनः अनुसन्धानको विषय बन्न सक्छ। यसले न्यायिक प्रक्रियामा बाधा पुर्याउने, पीडित र सम्बन्धित पक्षको मानमर्दन गर्ने तथा समाजमा अनावश्यक उत्तेजना फैलाउने जोखिम रहने बताइएको छ।
प्रहरी उपरीक्षक ले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल प्रयोग गर्दा सत्यता पुष्टि नभएका सामग्री साझा नगर्न, कानुनी प्रक्रिया र सार्वजनिक जबाफदेहिताप्रति सचेत रहन तथा सामाजिक सद्भाव कायम राख्न सबैमा हार्दिक अपिल गरिएको छ।
डिजिटल युगमा सूचना प्रवाह छिटो हुने भएकाले एक क्लिकमै फैलिने सामग्रीले समाजमा दीर्घकालीन प्रभाव पार्न सक्छ। त्यसैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोगसँगै जिम्मेवारीबोध आवश्यक रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले तथ्यमा आधारित सूचना मात्र आधिकारिक माध्यमबाट सार्वजनिक गर्ने स्पष्ट गर्दै अनुसन्धान प्रक्रियामा सहयोग गर्न र अफवाह नियन्त्रणमा सहकार्य गर्न सम्पूर्ण नागरिक, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरेको छ।

