टी-२० विश्वकप : सुपर-८ मा २०२४ को फाइनलको ‘रि-म्याच’ पनि

फागुन ८
आइसिसी टी-२० विश्वकप २०२६ को समूह चरणको अन्तिम खेल आज हुँदैछ। समूह ‘बी’को अन्तिम खेलमा अस्ट्रेलिया र ओमानबीच खेल हुँदैछ। दुवै टोली समूहचरणबाटै बाहिरिएकाले यो खेल औपचारिकतामै सीमित हुनेछ।

चार समूहका शीर्ष दुई दुई टोलीले सुपर-८ मा स्थान बनाएका छन्। सुरुका चारवटा समूहबाट उत्कृष्ट दुई-दुई टोलीहरू छानिएर ‘सुपर ८’ मा पुगेका हुन्। यी ८ टोलीलाई फेरि दुईवटा समूह (समूह १ र समूह २) मा बाँडिएको छ।

सुपर ८ मा प्रत्येक टोलीले आफ्नो समूहका अरू टोलीहरूसँग एक-एक खेल खेल्नेछन्। आफ्नो समूहमा शीर्ष दुई स्थानमा पर्ने टोलीहरू सेमिफाइनलमा पुग्नेछन्।

सुपर ८ सुरु हुँदा सबै टोलीको अङ्क शून्य हुन्छ। पहिलो चरणमा जितेका खेल वा अङ्कहरू यहाँ गणना गरिँदैन। विश्वकप सुरु हुनुअघि नै टोलीहरूको वरीयता अनुसार कुन टोली कुन समूहमा बस्ने भन्ने तय गरिएको थियो।

यदि कुनै ठूलो टोलीको ठाउँमा अर्कै टोली छनोट भयो भने उसले सोही टोलीको स्थान लिएको छ। (उदाहरणका लागि: अस्ट्रेलियाको ठाउँमा जिम्बावे छनोट भएकाले उसले अस्ट्रेलियाकै समूहमा स्थान पाएको छ)।

सुपर ८ का दुई समूह
समूह १ – भारत, जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका
समूह २ – पाकिस्तान, श्रीलंका, इंग्ल्यान्ड, न्युजिल्यान्ड

सुपर ८ को पहिलो खेल कोलम्बोमा पाकिस्तान र न्युजिल्याण्डबीच शनिबार हुनेछ। यो खेल श्रीलंकाको कोलम्बोमा हुनेछ। साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल आइतबार अहमदाबादमा हुनेछ। यो खेल सन् २०२४ को फाइनल जस्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यो खेललाई सन् २०२४ को विश्वकप फाइनलको ‘रि-म्याच’ कोरफमा पनि लिइएको छ।

दुवै समूहका उत्कृष्ट दुई टोलीहरूबीच मार्च ४ र ५ तारिखमा सेमिफाइनल खेल हुनेछन्। विश्वकपको अन्तिम उपाधिका लागि मार्च ८ मा आइतबार फाइनल खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply