जनताको विश्वास जित्दै, बिरेन्द्र राना बन्दैछन् मजबुत उम्मेदवारव

हेमा भट्ट, फागुन ९
धनगढी – फागुन २१ – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार बिरेन्द्र राना ले आफ्नो चुनावी अभियान पारदर्शिता, जवाफदेहिता र जनमुखी विकासका मूलमन्त्रसहित सुरु गरेका छन्।

बिरेन्द्र रानाले मतदातासँग प्रत्यक्ष संवाद,घरदैलो गर्दै आफ्नो मुख्य एजेन्डा सार्वजनिक गरेका छन्। यसमा स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा समान अवसरको सुनिश्चितता, कृषक हक र मूल्य स्थायित्व, साथै सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गर्न समर्पित कार्यक्रम समावेश छन्।

उहाँले स्पष्ट रूपमा भन्नुभयो, जनताको कर, जनताको हितमा पारदर्शिता, जवाफदेहिता र प्रतिबद्धता हाम्रो प्राथमिकता हो। उहाँको चुनावी योजना अनुसार, आर्थिक स्वतन्त्रता हासिल गर्न औद्योगिकरण र रोजगारी सिर्जनामा जोड दिइनेछ। नगरपालिका र वार्ड स्तरमा नियमित अनुगमनको व्यवस्था गरेर, प्रत्येक तीन महिनामा स्थानीय वार्ड भ्रमण गर्ने योजना पनि सार्वजनिक गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा समान अवसरको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतामा स्थानीय समुदाय सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आएको छ।

कृषक समुदायमा पनि बिरेन्द्र रानाको नजिक पहुँच र किसान हक सुनिश्चितता सम्बन्धी विचारले उत्साह बढाइरहेको छ। स्वतन्त्र उम्मेदवारले आफ्नो पेशागत पृष्ठभूमि, अर्थात् बैचलर अफ फार्मेसी, JNTU (डिस्टिंक्शन) बाट प्राप्त ज्ञानलाई जनहितका योजनामा प्रयोग गर्ने योजना बनाएका छन्।

चुनावी गणित र मत विश्लेषण अनुसार, बिरेन्द्र राना स्थानीय जनताको विश्वास जित्दै दिगो र समावेशी विकासको संदेश फैलाउने अभियानमा दिनप्रतिदिन मजबुत हुँदै गएको देखिन्छ। घरदैलो कार्यक्रमहरूमा उपस्थित जनता पनि उहाँको नीति, पारदर्शिता र जनमुखी दृष्टिकोणप्रति उत्साहित छन्। यसरी, बिरेन्द्र राना आगामी निर्वाचनमा कडा प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूलाई चुनौती दिन सक्षम उम्मेदवारको रूपमा स्थापित हुँदैछन्। यो अभियानले जनताको भरोसा र समर्थनको साथ कञ्चनपुर–२ मा समावेशी विकासको मार्गचित्र तयार पार्ने उद्देश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply