अमेरिकी डलर स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ

फागुन ११
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४५ रूपैयाँ २८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ १६ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा तोकिएको छ। आइतबार यसको भाउ एकको खरिददर १७० रूपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रूपैयाँ ६३ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ३३ पैसा तोकिएको छ। आइतबार यसको भाउ एकको खरिददर १०२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रूपैयाँ ८७ पैसा थियो।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रूपैयाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रूपैयाँ २५ पैसा र बिक्रीदर १८८ रूपैयाँ ०३ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०६ रूपैयाँ १९ पैसा र बिक्रीदर १०६ रूपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रूपैयाँ ६८ पैसा र बिक्रीदर ११५ रूपैयाँ १६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ ०३ पैसा र बिक्रीदर २१ रूपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४० रूपैयाँ ०२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६८ पैसा र बिक्रीदर चार रूपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०५ पैसा र बिक्रीदर १० रूपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०४ पैसा र बिक्रीदर १६ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ९१ पैसा र बिक्रीदर २३ रूपैयाँ ०१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८ रूपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रूपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रूपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३७९ रूपैयाँ ४० पैसा रहेको छ । यस्तै,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply