फागुन ११
धादिङमा बस दुर्घटना भएको छ।
गएराति करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका- ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन्।
उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ। मृतक र घाइतेहरूको परिचय पनि खुल्न बाँकी रहेको डिआइजी भट्टले जानकारी दिए। सेतोपाटी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
