दुई दिनमा ८८ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

फागुन ११
नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ र सोमबार तीन हजार दुई सय गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला आठ हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँ पुगेको छ।

आइतबार सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार तोलामा पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply