सूचना: फागुन १८–२१ सम्म कैलालीका सीमा नाका बन्द

हेमा भट्ट, फागुन ११
धनगढी, कैलाली – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय कैलाली ले विशेष सुरक्षा प्रबन्ध गरेको छ।
प्रशासनले भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमा नाकाहरू फागुन १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म बन्द रहने जनाएको छ। यस निर्णयले निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, फागुन २० गते राति १२:०० बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि निषेध गरिएको छ। एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल तथा विद्युत सेवा र अनुमति प्राप्त सवारी साधन भने सञ्चालनमा रहने जनाइएको छ।
प्रशासनका अनुसार यो निर्णय मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्ने अवसर सुनिश्चित गर्न तथा निर्वाचन प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन लक्षित गरिएको हो।
नागरिकहरूलाई सूचनाको पालना गरी निर्वाचन सफल बनाउन सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply