कञ्चनपुर जिल्ला खेलकुद समितिको अध्यक्षमा ज्ञानेन्द्र बहादुर सिंह मनोनित

हेमा भट्ट, बैशाख २
धनगढी – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले कञ्चनपुर जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा ज्ञानेन्द्र बहादुर सिंहलाई मनोनयन गरेको छ। परिषद्को २०८३ वैशाख २ गते बसेको बैठकले सिंहलाई चार वर्षे कार्यकालका लागि उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली २०७७ को व्यवस्था अनुसार गरिएको यस मनोनयनसँगै जिल्लामा खेलकुद गतिविधि थप सशक्त र व्यवस्थित हुने अपेक्षा गरिएको छ। परिषद्ले सिंहको नेतृत्वमा स्थानीय खेलकुदको विकास, खेलाडी उत्पादन तथा खेल पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

नवनियुक्त अध्यक्ष सिंहलाई बधाई दिँदै परिषद्का सदस्य सचिव लोक बहादुर खड्काले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, प्रचलित ऐन, नियम तथा परिषद्को निर्देशनअनुसार जिम्मेवारी पूरा गर्दै जिल्लाको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस मनोनयनसँगै कञ्चनपुरमा खेलकुद क्षेत्रले नयाँ गति लिने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply