कञ्चनपुर–१ मा नेकपातर्फ युवाको आकर्षण बढ्दो, बीना मगरको पक्षमा लहर

नरेश राना,फागुन १६
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा बीना मगरको जित सुनिश्चित गर्न विभिन्न दलबाट युवाहरूको नेकपातर्फ आकर्षण तीव्र बन्दै गएको छ। नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गर्दै शनिबार पनि उल्लेख्य संख्यामा जेनजेड युवाहरू नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्।

नेकपा युवा नेता हिमेश थापाका अनुसार क्षेत्र नं. १ का एमालेबाट विशाल सुनार, विकास सुनार, रोशन सुनार तथा काँग्रेसबाट राम सुनार, आसिफ फुलौटी, बिष्णु बुढा, प्रेम बुढा र महेन्द्र सुनार लगायतका युवाहरू औपचारिक रूपमा नेकपामा आबद्ध भएका छन्। उनीहरूलाई नेकपा केन्द्रीय सदस्य भक्तबहादुर अधिकारीसहितका नेता–कार्यकर्ताले टिका लगाएर स्वागत गरेका थिए।

पार्टी प्रवेश गरेका युवाहरूले सुशासन, विकास र समृद्ध क्षेत्र निर्माणका लागि अब बीना मगरलाई जिताउनु नै एक मात्र विकल्प रहेको बताएका छन्। उनीहरूले घरदैलो अभियानदेखि जनसम्पर्कसम्म सक्रिय रूपमा खटिने प्रतिबद्धता जनाएका छन्।

यसअघि पनि क्षेत्रका विभिन्न गाउँबस्तीबाट उल्लेख्य संख्यामा युवाहरू नेकपामा प्रवेश गरिसकेका छन्। पछिल्लो समय युवापुस्ताको बढ्दो समर्थनले कञ्चनपुर–१ मा नेकपाको चुनावी माहोल थप उत्साहजनक बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply