फागुन १९
मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आइतबार ५ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब २३ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३२४ वटा धितोपत्रको एक करोड १४ लाख ५५ हजार ४२९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २३६ कम्पनीको सेयरमूल्य बढेको छ भने २४ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।
यसदिन साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७०७ रूपैयाँ १० पैसा कायम भएको छ।
यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.८९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३८९ रूपैयाँ पुगेको छ।
यसैगरी, शुभम पावरको मूल्य सर्वाधिक घटेको छ।
उक्त कम्पनीको मूल्य २.५३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७०७ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, एसबिएल डिबेन्चरको मूल्य १.९६ प्रतिशतले घटेर डिबेन्चर मूल्य एक हजार ७५ रूपैयाँ कायम भएको छ।
मंगलबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३७१ रूपैयाँ ९० पैसामा ३४ करोड ६५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३११ रूपैयाँ ३० पैसामा २७ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.८८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले बढेको छ।
