कञ्चनपुर–१ : शारदा राष्ट्रिय माविमा मतदान तयारी पूरा, उत्साहपूर्ण वातावरण

हेमा भट्ट, फागुन २०
कञ्चनपुर – कञ्चनपुर क्षेत्र नं. १ अन्तर्गतका सबै मतदान केन्द्रहरूमा तयारी अन्तिम चरणमा पुगेको छ। सोही क्रममा शारदा राष्ट्रिय माध्यमिक विद्यालय, लालझाडी गाउँपालिका वडा नं. १ मा रहेको मतदान केन्द्रमा आवश्यक सम्पूर्ण व्यवस्था पूरा गरिएको छ।
मतदान केन्द्रमा खटिएका मतदान अधिकृत केशव बहादुर चन्दका अनुसार मतदानका लागि आवश्यक सामग्री, कर्मचारी व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा मतदाताको सहजताका लागि भौतिक संरचना तयारी अवस्थामा छन्। उहाँले मतदान प्रक्रिया निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले सबै तयारी समयमै सम्पन्न गरिएको जानकारी दिनुभयो।
“समुदायको साथ र सहयोगले निर्वाचन कार्य थप सहज बनेको छ। हामी विश्वसनीय र पारदर्शी मतदान गराउन पूर्ण प्रतिबद्ध छौं,” उहाँले भन्नुभयो।

मतदान केन्द्र आसपासको वातावरण शान्त, सुरक्षित र उत्साहजनक देखिएको छ। मतदातामा पनि सहभागिताको उत्साह बढ्दो छ। सम्बन्धित निकायले निर्वाचन सफल, मर्यादित र लोकतान्त्रिक अभ्यासको उत्कृष्ट उदाहरणका रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply