झापा-५ मा ११ बजेसम्म करिब २२–२३ प्रतिशत मत खसेको अनुमान

फागुन २०

झापा निर्वाचन क्षेत्र–५ मा बिहान ११ बजेसम्म करिब २२–२३ प्रतिशत मत खसेको अनुमान गरिएको छ।

निर्वाचन अधिकृत विदुर कुमार कार्कीले हालसम्मको प्रारम्भिक विवरणअनुसार मतदान उत्साहजनक रूपमा भइरहेको जानकारी दिएका छन्।

उनले भने, ‘११ बजेसम्ममा २२–२३ प्रतिशत मत खसेको हाम्रो अनुमान छ। अहिले ठ्याक्कै यति नै भयो भनेर भन्न सक्ने अवस्था छैन। मतदान भने उत्साहजनक रूपमा भइरहेको छ।’

निर्वाचन कार्यालयका अनुसार बिहानैदेखि मतदाता मतदान केन्द्रमा उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन्।

केही स्थानमा सामान्य भीड देखिए पनि मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ।

सुरक्षा व्यवस्था कडा पारिएको र कुनै अप्रिय घटना नघटेको निर्वाचन अधिकृत कार्कीले बताए।

दिउँसोपछि मतदाताको उपस्थिति अझै बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply