दोलखामा मतपत्र र छाप लुटेपछि प्रहरीले नियन्त्रणमा लियो बुथ प्रतिनिधि

फागुन २१
दोलखामा मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ।

तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिए।

उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए।

‘बुथ प्रतिनिधिले मतपत्र र छाप लगेपछि विवाद भएको हो। लगेको मतपत्र फेला परेको छैन। खोजी हुँदैछ,’ उनले भने, ‘केही बुथ प्रतिनिधिलाई नियन्त्रणमा लिइएको छ।’

यसअघि सोही ठाउँमा खटिएका कर्मचारीमाथि हातपात भएको थियो भने प्रहरीले हवाईफायरसमेत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply