हेमा भट्ट, फागुन २१ – २०८२
धनगढी, कैलाली – उमेरले शरीर थकाए पनि लोकतन्त्रप्रतिको विश्वास भने अझै अडिग छ। धनगढी उपमहानगरपालिका–१, कैलाली निवासी ८७ वर्षीया कमली विनाडी बिहीबार बिहान लाठीको सहारामा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मत खसालिन्।
धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेकी उनले बिस्तारै पाइला चाल्दै मतदान गरिन्। उमेरको भारीपन र शारीरिक कमजोरीलाई जित्दै मतदान केन्द्रसम्म पुगेको उनको दृढ इच्छाशक्तिले त्यहाँ उपस्थित मतदाताहरूलाई भावुक बनायो।

मतदान गरेपछि उनले मुस्कुराउँदै भनिन्, देशका लागि आफ्नो मत दिन पाउनु मेरो लागि ठूलो सौभाग्य हो।
उनको यो उत्साहले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी उमेरसँग नजोडिने सन्देश दिएको छ। मतदान केन्द्रमा रहेका धेरैले कमली विनाडीको साहस र प्रतिबद्धतालाई लोकतन्त्रप्रतिको प्रेरणादायी उदाहरणका रूपमा हेरे।
८७ वर्षे वृद्धा कमली विनाडीले खसालेको यो मत केवल एउटा मतदान मात्र नभई लोकतन्त्रप्रतिको आस्था, कर्तव्यबोध र नागरिक जिम्मेवारीको जीवित प्रतीक बनेको छ।
