धनगढीको मुटु चौराहामा ३ दशकदेखि स्वादको पहिचान : बिष्ट स्वीट हाउस

हेमा भट्ट, फागुन २३
धनगढी – कैलालीको धनगढी बजारको मुटु चौराहा चौकमा अवस्थित बिष्ट स्वीट हाउस तीन दशकभन्दा बढी समयदेखि शुद्ध साकाहारी परिकार, मिठाई र उत्कृष्ट सेवाका कारण सुदूरपश्चिममै लोकप्रिय होटलका रूपमा स्थापित भएको छ। स्थानीयदेखि टाढाटाढाबाट आउने पाहुनासम्मको रोजाइ बनेको यस होटलले स्वाद, सफाइ र गुणस्तरलाई प्राथमिकता दिँदै ग्राहकलाई सन्तुष्टि दिने परम्परा कायम राख्दै आएको छ।

धनगढी पुग्ने जो कोहीले एकपटक यहाँको स्वाद चाख्नै पर्ने ठाउँका रूपमा चिनिने यो होटल चौराहा चौकमा रहेकोले कञ्चनपुर, पहाडी जिल्ला तथा भारततर्फ जाने यात्रुका लागि पनि सहज गन्तव्य बनेको छ। कञ्चन भन्सार, डोकेबजार, पुनर्वास, बेलौरी, बेलडाँडीदेखि गौरीफन्टा हुँदै भारतको बनगवा र पलियासम्मका यात्रुहरू समेत यहाँ आएर खाना खान रुचाउने गरेको व्यवसायी बताउँछन्।

होटलले ग्राहकका लागि विशेष स्पेशल थाली (फिक्स) २५० रुपैयाँ मा उपलब्ध गराएको छ। यस थालीमा दाल मखनी, पनीरको स्वादिष्ट सब्जी, रायता, घ्यू, बटर रोटी ४ पिस, जीरा राइस, पापड, सलाद, अचार तथा मिठाईका रूपमा १ पिस गुलाबजामुन समावेश हुन्छ। ताजा र स्वादिष्ट भोजनका कारण यो थाली निकै लोकप्रिय बनेको छ।

त्यसैगरी रेगुलर थाली (फिक्स) १८० रुपैयाँ मा दाल फ्राई, रोटी ४ पिस, राइस, सब्जी, सलाद, अचार र रायता जस्ता परिकार समावेश गरिएको छ। बिहान १०:३० बजेदेखि साँझसम्म उपलब्ध हुने यी थालीहरू ग्राहकको रोजाइमा परेका छन्।

होटलमा रोटी, तन्दुरी नान, बटर नान, गार्लिक नान, पनीर नान, जीरा राइस, विभिन्न रायता र सलादका साथै दाल मखनी, मटर पनीर, कढाई पनीर, शाही पनीर, मलाई कोफ्ता, पालक पनीर, मिक्स भेज , दम आलु जस्ता दर्जनौँ साकाहारी परिकार उपलब्ध छन्।

त्यसैगरी चिनियाँ परिकारतर्फ भेज चाउमिन, मन्चुरियन चाउमिन, पनीर चाउमिन, सिङ्गापुरे चाउमिन, हक्का नुडल्स, चिल्ली पनीर, चिल्ली मशरूम, स्प्रिङ रोल लगायतका स्वादिष्ट परिकार पनि पाइन्छन्।

दक्षिण भारतीय परिकार रुचाउनेका लागि पेपर डोसा, मसला डोसा, पनीर डोसा, बटर मसाला डोसा, मसाला उत्तपम, साम्बर वडा जस्ता परिकार उपलब्ध छन् भने फास्टफुडमा पाव भाजी, स्यान्डविच, बर्गर, पिज्जा, भेज बिर्यानी जस्ता विकल्प पनि ग्राहकका लागि तयार छन्।

चाट प्रेमीका लागि समोसा चाट, टिक्की चाट, पापडी चाट, गोलगप्पा, भेलपुरी, राज कचौरी, दही वडा जस्ता लोकप्रिय परिकार पनि उपलब्ध छन्।

यसका अतिरिक्त यहाँ शुद्ध दही, पनीर, दूध, घ्यू तथा विभिन्न मिठाईका स्वादिष्ट परिकारहरू पनि पाइन्छन्। होटलले अर्डर अनुसार बर्थडे केक तयार गर्ने सेवा पनि प्रदान गर्दै आएको छ भने विवाह, पार्टी तथा अन्य कार्यक्रमका लागि विशेष भोजन व्यवस्थापनसमेत गरिन्छ।

होटलका सञ्चालक का अनुसार ग्राहकको विश्वास नै व्यवसायको सबैभन्दा ठूलो पूँजी हो। तीन दशकदेखि हामीले स्वाद, सफाइ र गुणस्तरमा कहिल्यै सम्झौता गरेका छैनौँ, उनले बताए।

सुदूरपश्चिमको नमुना शहर धनगढीमा रहेको यो होटल स्थानीय बासिन्दा मात्र नभई देशका विभिन्न ठाउँबाट आउने पाहुनाहरूका लागि पनि स्वाद र विश्वासको पर्याय बनेको छ। स्वादिलो शाकाहारी भोजन, मिठाइ र पारिवारिक वातावरणका कारण बिष्ट स्वीट हाउस आज धनगढीको पहिचानसँगै जोडिएको लोकप्रिय गन्तव्य बनेको छ।

सम्पर्क: ०९१–५२२५७४ / ९८४८४५१७१० / ९७०२६१२५०१ स्थान: चौराहा–३, धनगढी, कैलाली नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply