इतिहासमै सबैभन्दा ठूलो मतान्तरले जिते रास्वपाका लेखजंगले

फागुन २३
रूपन्देही क्षेत्र नं ३ मा रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का डा. लेखजंग थापाले ५० हजार भन्दा धेरै अन्तरले निर्वाचन जितेका छन्।

थापाले आफ्ना प्रतिसपर्धी नेपाली कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ मतले पछि पारेका हुन्।

यो नेपालको संसदीय निर्वाचनको इतिहासमै अहिलेसम्मको ठूलो अन्तर हो।

थापाले ५८ हजार ८१४ मत ल्याउँदा अन्य दलका सबै उमेदवारले १० हजारभन्दा कम मत ल्याएका छन्।

थापाका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गुरूङले ८ हजार ४३५ मत ल्याएका छन्। तेस्रोमा रहेका एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याएका छन्। राप्रपाका गौरब बोहराले ७ हजार ७८९ मत ल्याएका छन्।

रास्वपाले रुपन्देहीका ५ क्षेत्रमध्ये तीन क्षेत्रमा विजय हासिल गरिसकेको छ भने क्षेत्र नं १ र ५ मा रास्वपाका उमेदवारहरुले फराकिले अग्रता लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply