फागुन २३
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अहिलेसम्म तीन सिट मात्रै जितेको छ।
रूकुम पूर्वमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पामा नेता वर्षमान पुन, कालीकोटमा महेन्द्र बहादुर शाही विजयी भएका छन्।
रूकुम पूर्वमा विजयी हुँदा प्रचण्डले १० हजार २४० मत पाए।
प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत ल्याए। कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन्।
रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन्।
यहाँ नेकपा एमालेका उम्मेदवार सुदन कुमार वलीलले १२ हजार ८ मत ल्याएका छन्।
यसअनुसार कांग्रेस उम्मेदवारसँग १५ हजार ४५२ मतान्तर कायम गरेका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालराम थापाले १० हजार ८९४ मत ल्याए।
कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।
शाहीले ११ हजार ३३८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १०३५२ मत प्राप्त गरे।
नेकपाले गणना भइरहेको ४ ठाउँमा मात्रै अग्रता लिएको छ।
सिन्धुपाल्चोक-२ मा युवराज दुलाल, सल्यानमा रमेश मल्ल, डोल्पामा धनबहादुर बुढा, कालिकोटमा महेन्द्रबहादुर शाही र रूकुम पश्चिममा गोपाल शर्माले अग्रता लिइरहेका छन्।
निर्वाचन आयोगका अनुसार सिन्धुपाल्चोक-२ नेकपाका युवराज दुलालले ८ हजार ५९० मतसहित अग्रता लिएका छन्।
यहाँ नेपाली कांग्रेसका वंशलाल तामाङले ७ हजार ५४० मत ल्याएका छन्। एमालेका शेरबहादुर तामाङले ६ हजार ४९ मत ल्याएका छन्। रास्वपाका झलककुमार श्रेष्ठले ४ हजार ४०४ मत ल्याएका छन्।
सल्यानमा रमेश मल्लले १८ हजार १०१ मत ल्याएर अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ललितकुमार चन्द १७ हजार ८२४ मत ल्याएका छन्। एमालेका गुलाबजंग शाहले १३ हजार ३४७ मत ल्याएका छन्।
डोल्पामा धनबहादुर बुढाले अग्रता लिइरहेका छन्। उनले ३ हजार ५३९ मत ल्याएका छन्। कांग्रेसका कर्ण बहादुर बुढाले १ हजार ३२८ मत ल्याएका छन्।
यहाँ एमालेका नगिन्द्र शाहीले १० हजार ६४७ मत ल्याएका छन्। कांग्रेसका हर्षबहादुर बमले ७ हजार ४५० ल्याएका छन्।
रूकुम पश्चिममा नेकपाका गोपाल शर्माले १५ हजार १५० मत ल्याएका छन्। त्यहाँ उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु केसीले १० हजार १६५ मत ल्याएका छन्।
