धनगढीमा सञ्जय मोटर्सद्वारा गुणस्तरीय गाडी बिक्री–विनिमय सेवा विस्तार

हेमा भट्ट,चैत ४
धनगढी — सुदूरपश्चिम क्षेत्रका सवारी साधन प्रयोगकर्तालाई लक्षित गर्दै सञ्जय मोटर्स प्रा. लि. ले गुणस्तरीय प्रयोग गरिएका कार तथा बाइकको बिक्री, किनबेच र विनिमय सेवा अझ प्रभावकारी बनाएको छ।

कम्पनीले ग्राहकलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले “किन्नुहोस्, बेच्नुहोस् र एक्सचेन्ज गर्नुहोस्” भन्ने नारासहित विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

सञ्जय मोटर्समा प्रयोग गरिएका कारहरू गुणस्तरीय तथा परीक्षण गरिएका हुने बताइएको छ। साथै ग्राहकका लागि सजिलो वित्त (फाइनान्स) सुविधा समेत उपलब्ध रहेको छ, जसका लागि नागरिकता मात्र आवश्यक पर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, पुरानो सवारी साधन साटेर नयाँ लिन चाहने ग्राहकका लागि आकर्षक विनिमय (एक्सचेन्ज) अफर राखिएको छ, जहाँ १० हजार रुपैयाँसम्मको बोनस वा नगद लाभ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले सबै कागजी प्रक्रिया सहज रूपमा पूरा गरिदिने, १००% वास्तविक पार्टपुर्जा प्रयोग गर्ने तथा उत्तम मूल्य ग्यारेन्टी दिने दाबी गरेको छ। यसले गर्दा ग्राहकहरूलाई विश्वासिलो डिलरको रूपमा आफूलाई स्थापित गर्न सफल भएको सञ्जय मोटर्सले जनाएको छ।

धनगढीको शहीद गेट क्षेत्रमा अवस्थित यो मोटर्स बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म खुला रहनेछ।

स्थानीय स्तरमै गुणस्तरीय सेवा, सजिलो वित्त र आकर्षक अफर उपलब्ध गराउँदै सञ्जय मोटर्सले सवारी साधन खरिद–बिक्री क्षेत्रलाई थप व्यवस्थित र ग्राहक–मैत्री बनाउने प्रयास गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply