घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं, चैत १९
नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ।

बुधबार प्रतितोला सात हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबारर सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply