लगातार दुई दिन स्थिर रहेको सुनको भाउ सोमबार भने घट्यो, कतिमा हुँदैछ किनबेच?

चैत २३
नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ।

गत शुक्रबार र आइतबार स्थिर रहेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला चार हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply