जेसीज कप फुटबल : आर्मीविरुद्ध हाइकर युनाइटेड खेल्दै

बागलुङ, चैत २३ गते । बागलुङको बाङेचौर खेल मैदानमा सोमबारदेखि सुरु हुने चौथो संस्करणको गण्डकी प्रदेश स्तरीय ‘जेसिज कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीको कालिजंग गण र हाइकर युनाटेड भीड्ने भएका छन् ।

१४ टोलीले सहभागिता जनाएको प्रतियोगिताको पहिलो दिन एक खेलमात्र हुने आयोजक जेसीज बागलुङका कार्यकारिणी उपाध्यक्ष तथा खेल संयोजक सुलभ राजभण्डारीले जानकारी दिए । दुई खेल हुने प्रतियोगिताको दोस्रो दिन मङ्गलबार बागलुङ सुधार केन्द्रविरुद्ध प्रबुद्व युवा क्लब र सेभन–एट फुटसलविरुद्ध आदर्श विद्यामन्दिर (एभिएम) खेल्ने छन् ।

प्रतियोगितामा गण्डकी प्रहरी कास्की, पर्वतको पैयु फुटबल क्लब, बागलुङ युनिटी क्लब, बागलुङ स्पोर्टस् क्लब, होली चाइल्ड स्कल, बागलुङ कालीका युवा क्लब र जोय स्टोर्स गहते फुटबल क्लबले सहभागिता जनाएको संयोजक राजभण्डारीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२/१२ हजार रुपियाँ प्रदान गरिने छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०/१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने छ ।

गतवर्ष जस्तै ‘गोल फर ग्रिन’ को रुपमा प्रतियोगिता सञ्चालन गर्ने र गोलका आधारमा फलफुलका बिरुवा रोपिने जेसीज बागलुङकी अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगिताका लागि १० लाख रुपियाँ खर्च लाग्ने र त्यसका लागि जेसीजका सदस्य, पूर्व सदस्यहरु र पूर्व अध्यक्षहरुले दिएको रकमबाट खेल आयोजना गर्न लागिएको हो । केही रकम अन्य दाताले पनि दिने तय भएको छ । जेसीजले सामाजिक क्षेत्रमा युवा सशक्तिकरण, सरसफाइ, हरित समाज निर्माण जस्ता काममा अगुवाइ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply